मानिन्न प्रेम दिवस खालि मुटुले ।
उहीँ मात्र सम्झिन्छ जालि मुटुले ।
हृदयकाे बगैंचामा काेपिला लाग्यो भन्दै
उतै गर्छ निगरानी माली मुटुले ।
दुनियाँकाे नजरमा रमिते बन्न फेरि
बजाउँदैन प्रितकाे तालि मुटुले ।
राेपियाे पनि गाेडमेल नि गरियो
गर पाएन भित्र्याउन बालि मुटुले ।
जाेड्छन हाेला कत्तिले नयाँ सम्बन्ध
जाेड्दिन मन भन्छ यसपालि मुटुले ।
दिप शर्मा
२०७१-१०-१८
No comments:
Post a Comment