Translate

Tuesday, 3 February 2015

गजल

किन आउँछ याद उही सानिकाे ।
बिच बाटाेमा साथ छाेडि जानिकाे ।

माया गर्छु भन्दै झुक्याएर मलाई
हृदय चुडि   साथमा  लानिकाे ।

धुर्क्याउंदै मलाई ठुस्किन्थि कहिले
अझै झल्को छ उस्काे बानिकाे ।

सात जुनि सम्म केबल तिम्रो भन्दै
भर हुन्न रैछ  कसम खानिकाे ।

जवानीकाे तिर्खा मेटेर गई उ
लाग्दैन  अब  प्यास पानीको ।
दिप शर्मा
२०७१-१०-२०

No comments:

Post a Comment