Translate

Friday, 20 February 2015

गजल

हिराे बन  भन्दा तिमी दारिकाे कुरा गर्छाै ।
जमाना पाइन्टकाे छ  सारिकाे कुरा गर्छाै ।

साँचो माया त सधैं  हृदयमा हुन्छ सानू
किन सधैं तिमी वारि पारिकाे  कुरा गर्छाै ।

म त शिक्षित मान्छे घाँस काट्ने कुरै भएन
बेकारमा किन घर बारिकाे कुरा गर्छाै । 

सानो देखि नै मेरो  शहर बस्ने ईच्छा थियो
किन म नडुल्ने काडा  घारीकाे कुरा गर्छाै ।

सुन्नु छैन मलाई तिम्रो बखान धेरै अब
नचाहिने पाखे ती नरनारिकाे कुरा गर्छाै ।
दिप शर्मा
२०७१-११-८

No comments:

Post a Comment