मेरो मनलाई भाँड्ने साेच नगर है ।
म अर्कैकाे बुकिङ पर्पाेज नगर है ।
कहाँ बस्छ के गर्छ के हाे खान्दान भन्दै
जथाभावी मेराे साेध खाेज नगर है ।
भरै हुन्न आजकाल दाेधारे मायाकाे
दुई दिनको जिवनमा माेज नगर है ।
फेसबुककाे भरै हुन्न छुट्न सक्छ भाेलि
लभ पर्याे भनी आज भाेज नगर है ।
कालेलाई नि गाेरे पार्छ फाेटाे ईडिटरले
नक्कल पार्दै हरिपकाे पाेज नगर है ।
दिप शर्मा
२०७१-१०-२५
No comments:
Post a Comment