Translate

Saturday, 14 February 2015

गजल

मैले पनि उसलाई लेख्या छु प्रेमपत्र ।
कस्तो हुन्छ सजावट देख्या छु प्रेमपत्र ।

भेट्लान सजिलै थाहा पाउलान अरुले भन्दै
खामै खामकाे चाङले छेक्या छु प्रेमपत्र ।

निष्ठुरीकाे कठाेर वचन सम्झि भक्कानिदा
भिजे पछि अँगेनुमा सेक्या छु प्रेमपत्र  ।

उसैले सिकाकि हाे यसरी लेख्ने पत्र भन्दै
लेख्न दुनियाँकाे स्वयंम ठेक्या छु प्रेमपत्र ।
दिप शर्मा
२०७१-११-२

No comments:

Post a Comment