Translate

Thursday, 26 February 2015

गजल

त्यो दिन खास हुनेछ ।
जब हाम्रो सहवास हुनेछ ।

आँखाकाे भावलाई बुझ्नु सानू
हल्का चुम्बनकाे आश हुनेछ ।

जुन दिन त्यो सिँउदाे भरिन्छ
शत्रुको सपना नाश हुनेछ ।

सबै  मित्रहरू भेला हुनेछन्
चाेरासि ब्यञ्जनकाे रास हुनेछ ।
दिप शर्मा
२०७१-११-१४

No comments:

Post a Comment