नछाेईने आकाशकि जुन रहिछ्याै तिमी ।
बिना पानी बाँच्ने घुन रहिछ्याै तिमी ।
केही गरेनि नसजिने झुपडीका पर्खालमा
सिमेन्टको वाल सजिने चुन रहिछ्याै तिमी ।
मेरा यी सामर्थ्यले देख्न पनि नसकिने
महंगिकाे नम्बरि सुन रहिछ्याै तिमी ।
एकै पलमा हजार मन लठ्ठ बनाउने
कृष्णजिकाे बाँसुरिकाे धुन रहिछ्याै तिमी ।
काेट्याउन छुट्याउन केही गर्न नसकिने
सागरमा घाेलिएकाे नुन रहिछ्याै तिमी ।
दिप शर्मा
२०७१-११-१०
No comments:
Post a Comment