Translate

Monday, 2 February 2015

गजल

मलाई मेरै जिवनकाे आश छैन सानू ।
अचेल त्यति घरमा बास छैन  सानू ।

साेध्छेउ के छ तिम्रो नयाँ खबर भन्दै
तिम्रो जस्तो मेरो  खास छैन सानू ।

तिमी त सुखकाे महलमा रम्दै छ्याै
मसँग सुखकाे रास छैन सानू ।

खुल्दुली चल्छ सधैं मनमा मेराे
मनकाे चाह  एकनास छैन सानू ।

परिश्रमकाे फल मिठाे हुन्छ भन्छन
आफ्नो त खाने मास छैन सानू ।
दिप शर्मा
२०७१-१०-१९

No comments:

Post a Comment