जब उसको मेराे सिमाना दुर भयो ।
नविन जिवनकाे आआफ्नो सुर भयो ।
सुन्छु उ खुसियालीमा रम्दै छे रे उता
मेरो चैं जिन्दगी झन्झन् झुर भयाे ।
जब उसले धाेका दिई साँचो प्रितिमा
याे काेमल मन अति क्रुर भयो ।
बिर्सि देउ मलाई भन्दै उ हिँडे पछि
सारा सपना मेरो चक्नाचुर भयो ।
बस्ने ठाउँ फेरियो उसको बिहे पछि
उसको धादिङ मेराे ललितपुर भयो ।
बाेलाउँथि उ ए बाँदर भन्दै मलाई
त्यही बाँदर अर्कैकाे लंगुर भयो ।
दिप शर्मा
२०७१-११-१३
No comments:
Post a Comment