Translate

Monday, 23 February 2015

गजल

पत्थरकाे मन चिनिन त्यो मेरो गल्ती हाे ।
सम्बन्ध ताेडि हिनिन त्यो मेरो गल्ती हाे ।

तिम्रो त चाह थियो पहिलै माया छुटाउने
जुट झैं म छिनिन त्यो मेरो गल्ती हाे ।

तिम्रो आशा थियो भव्य उपहार  पाईयाेस
कागजका गुलाफ किनिन त्यो मेरो गल्ती हाे ।

तिम्रो लक्ष्य मेरो ईज्जत् माटोमा मिलाउने
चट्टान मैं इज्जत पिनिन त्यो मेरो गल्ती हाे ।

दिप शर्मा
२०७१-११-११

No comments:

Post a Comment