भन्दै थिई रक्सि पिउनु नाैलाे हैन रे ।
फाटेकाे मन सिउनु नाैलाे हैन रे ।
मिलन बिछाेड त भईरहन्छ रे जिवनमा
हृदयमा अरु लिउनु नाैलाे हैन रे ।
कहिलेकाही अतितका यादहरु भुलाउन
नशामै झ्याप भै जिउनु नाैलाे हैन रे ।
ती पुरानो यादहरु दिलबाट हटाउन
टुटेको हृदय खिउनु नाैलाे हैन रे ।
दिप शर्मा
२०७१-११-१७
No comments:
Post a Comment