Translate

Sunday, 1 February 2015

गजल

तिम्रो यादले मुटु जल्न थाल्यो सानू ।
हृदयमा आगाे बल्न थाल्यो सानू ।

सजाकाे थेँ मनमा   जुनि काट्ने सपना
तर स्वप्निल महल ढल्न थाल्यो सानू ।

मजबुत थियो माया तिम्ले साथ दिँदा
साथ छुटेसि आशा गल्न थाल्यो सानू ।

सुन्दर शान्त हाम्रो प्रितकाे संसार थियो
त्यहि शान्तिमा आँधी चल्न थाल्यो सानू ।
दिप शर्मा
२०७१-१०-१८

No comments:

Post a Comment