Translate

Sunday, 15 February 2015

गजल

डर लाग्छ तिम्रो माया पाेखिन्छ कि कतै ।
भेट्न नपाई याे ढुकढुकि राेकिन्छ कि कतै ।

भन्न त भन्छेउ तिमी साँचाे माया गर्छु सधैं
संका लाग्छ चट्टानमा मन ठाेकिन्छ कि कतै ।

पिरतिमा धनी-गरिब सानाे-ठुलो हुन्न भन्दै
तराजुमा सच्चा माया जाेखिन्छ कि कतै ।

सबै भन्छन संसारमा अमुल्य छ सच्चा माया
यहि मायाको मुल्य पनि ताेकिन्छ कि कतै ।

दिप शर्मा
२०७१-११-३

No comments:

Post a Comment