कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार
हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर
बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो
गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा
अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Wednesday, 18 February 2015
गजल
याे हाे हाँसो तिम्रो लागि ।
प्रितकाे नासाे तिम्रो लागि ।
याे हृदयमा सजाकाे छु
माया साँचाे तिम्रो लागि ।
सित्तैमा दिउँला खुसि
भए खाँचो तिम्रो लागि ।
भन्ने सुरमा छु म सानू
केही गुनासो तिम्रो लागि ।
दिप शर्मा
२०७१-११-७
No comments:
Post a Comment