उनी संगै दाउरा काटिन्थ्याे पहिले ।
चक्लेटकाे प्लास्टिक चाटिन्थ्याे पहिले।
साँच्चै मजाको थियो हाम्रो बालापन त्यो
जिस्किएर चाेखाे माया साटिन्थ्याे पहिले ।
घाँस जान्थेंउ सँगै उनी र म छहरे बन
खर काटेर जुहिनाे बाटिन्थ्याे पहिले ।
उनी पनि जिद्दी थिईन हल्का म झैं
उनीसंगै याे 'दिप' मातिन्थ्याे पहिले ।
दिप शर्मा
२०७१-१०-२७
No comments:
Post a Comment