टिप्ने बेला छुटेको शिला सम्झिनु मलाई ।
नफक्रिँदै झरेको काेपिला सम्झिनु मलाई ।
केही गरि तिमिलाइ मेरो याद आयो भने
मुटु भित्र बिझेकाे किला सम्झनु मलाई ।
उ हाे तिम्रो जिन्दगीको राजा सानू
यदि सम्झनै परेनि ढिला सम्झनु मलाई ।
साँच्चै झस्कायाे भने मेरो मायाले तिमिलाई
सुटुक्क लुकि डस्ने कमिला सम्झनु मलाई ।
म शुन्यमा शुन्य सरि हराई सकेँ प्रिय
स्वच्छ आकासे रंग निला सम्झनु मलाई ।
तिम्रो त्यो अति सुन्दर स्वर्णिम महलबाट
सुन्दर कमल फुल्ने हिला सम्झनु मलाई ।
दिप शर्मा
२०७१-११-१०
No comments:
Post a Comment