कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार
हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर
बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो
गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा
अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Wednesday, 11 February 2015
गजल
माया लाउँछन घुम्न पार्कमा जान्छन मान्छे ।
सँगै जिउने मर्ने कसम खान्छन् मान्छे ।
दुई मुटु एक धड्कन भा'छाैँ हामी भन्दै
एकअर्कालाई साक्षात भगवान मान्छन् मान्छे ।
No comments:
Post a Comment