Translate

Tuesday, 17 February 2015

गजल

आमाबाउकाे वचन पनि नाघें कत्ति चाेटि ।
तिमिलाई भेट्न स्कुलबाट भागें कत्ति चाेटि ।

सानू तिमिले चाेट दिंदा काेमल हृदयमा
चाेट सहन कुलतमा नि लागें कत्ति चाेटि ।

सयौं जनम मेरि सानू मैंसँग रहुन भन्दै
भगवानसँग एउटै वरदान मागें कत्ति चाेटि ।

भावनालाई नबुझेर हाम्रो ठाकठुक पर्दा प्रिय
चाेखाे प्रिति जाेगाउन जागें कत्ति चाेटि ।
दिप शर्मा
२०७१-११-५

No comments:

Post a Comment