Translate

Monday, 2 February 2015

गजल

सधैं मान्छे सुन्दर ठिटो हुँदैन ।
सबै पल सबैकाे  मिठाे हुँदैन  ।

कुनै दिन मेरो सानो  झुपडीमा
खाने एक फ्वाँक  पिठो हुँदैन  ।

कुरा गर्छेउ  पाैष्टिकताकाे तिमी
महलमा झैं स्वादिष्ट  लिटाे हुँदैन  ।

हिँड्नु पर्छ सात घण्टा पहाडमा
शहरमा झैं यातायात  छिटो हुँदैन ।

दिनभर जंगलमा दाउरा काट्नु पर्छ
नकाटे  खना पाक्ने  सिटाे हुँदैन ।
दिप शर्मा
२०७१-१०-१९

No comments:

Post a Comment