मैले देकाे गुलाफ भन्दा उसले देकाे पात ठुलाे ।
आखिर जेजे खाेके पनि भयो तिम्लाइ जात ठुलो।
जब उसमा नजर पर्याे मेरा मुस्कान भए फुस्रा
मेरो सम्मान भन्दा उसको झर्किफर्कि बात ठुलो ।
भनेकै थेँ मैले पनि जीवन भरि साथ दिउँला
म दुखिकाे जीवन भन्दा तिम्लाई उसको हात ठुलो ।
साेच्या थिईन कहिल्यै मैले माेजमस्ति गर्लिउ भनी
मेराे समिपकाे दिन भन्दा उसको काखकाे रात ठुलो ।
तिम्रो खुसि मेराे नि खुसि भनी चित्त बुझाएको छु
जिन्दगीमा तिम्ले देकाे भयो मलाई घात ठुलो ।
दिप शर्मा
२०७१-११-७
No comments:
Post a Comment