मनमा खुसि बढेको छ उनको सफलताले ।
ओठमा लालि चढेको छ उनको सफलताले ।
दुई मुटु एक धड्कन भकाे भएर हाेला
झनै माया गडेकाे छ उनको सफलताले ।
जिन्दगीमा सारा खुसी मलाई दिने भएर
दुख पीडा सडेको छ उनको सफलताले ।
कुरा काट्ने धेरै थिए उनको विषयमा
दुष्ट महल डडेकाे छ उनको सफलताले ।
आत्मैबाट बधाई छ उनको उचाइलाई
गद्दार आशा लडेको छ उनको सफलताले ।
दिप शर्मा
२०७१-१०-२४
No comments:
Post a Comment