पानी बिना सुकेको घाँस भयो जिवन ।
केवल माथि जाने बाँस भयो जीवन ।
पिरतिमा रमाउँदा संसार भुलियाे र पाे
अहिले बिछाेड हुँदा नाश भयो जीवन ।
दुनियाँले चुड्कि बजाउँदै कुरा काट्छन्
लाग्छ पाखामा उम्रेकाे मास भयो जीवन ।
कसैको साथ नपाउने उजाड जिन्दगीले
अपहेलित बगरकाे काँस भयो जीवन ।
दिप शर्मा
२०७१-१०-२३
No comments:
Post a Comment