Translate

Saturday, 21 February 2015

गजल

मलाई सुन्दर परि चाहियो ।
प्रित फुल्ने नगरी चाहियो ।

काेमल मुटु खडेरीले सुक्याे
प्रित रसाउन झरि चाहियो ।

हृदयका खतहरु देखे सबैले
लुकाउन उनको दरि चाहियो ।

नपाउँदा मन बुझाउने बाटो कतै
मान्छे झैं बाेल्ने चरि चाहियो ।
दिप शर्मा
२०७१-११-१०

No comments:

Post a Comment