काेहि गुमेनि काेहि पाउने चाहना थियो ।
एउटि शीत माया लाउने चाहना थियो ।
प्रितकाे झुपडी अविश्वासले चुहियाे भने
हामी दुई मिलेर छाउने चाहना थियो ।
एकान्तमा हामी दुई अँगालोमा बेरिएर
सुमधुर मनको भजन गाउने चाहना थियो ।
पूरा भएनन् मेरो त्यी मनका रहरहरु सानू
तिमिलाइ पाउन मन्दिर धाउने चाहना थियो ।
तिमिले त सुटुक्क बिहे गरिसकिछ्याै सानू
मलाई तिम्रो बिहेमा आउने चाहना थियो ।
No comments:
Post a Comment