Translate

Saturday, 15 August 2015

गजल

मन मिल्दा सम्म कालू भन्छन् ।
त्यो नयन झनै नशालु भन्छन् ।

बाध्यताले अर्काको बन्नु परेमा
गई मलाई छाेडि भालु भन्छन् ।

यहाँ शरीर बेच्ने मन कसलाई हुन्छ र
बाँच्न  शरीर बेच्दा चालू भन्छन् ।

श्रीमान शीत झगडा परि माइत बस्दा
खै किन हामीलाई मैतालु भन्छन् ।

लुकि हामिसँग मस्ति गर्नेहरु पनि
आफुलाइ धेरै ठुलो ठालु भन्छन् ।

No comments:

Post a Comment