Translate

Saturday, 22 August 2015

गजल

बनाउछु भन्नेले देश लुटेको देखियो ।
सर्वहाराका पार्टी पनि फुटेको देखियो ।

सत्ताको बार्गेनिङमा कुरा नमिल्दा खेरि
एउटा गुटले अर्को गुट कुटेको देखियो ।

क्रान्ति सफल पार्छु भन्दै अघि बढेकाहरु
विचार नमिल्दा बिचैमा छुटेको देखियो ।

यत्ति सम्म गिर्दा रहेछन् राजनीति गर्नेहरु
आन्दोलन भन्दै जनता चुटेकाे देखियो ।

समर्थन गर्ने क्रान्तिकारी नत्र प्रतिगामी अरे
क्रान्ति भन्दै युवालाई  भुटेको देखियो ।

No comments:

Post a Comment