Translate

Saturday, 22 August 2015

सञ्जालकाे प्रेम जञ्जाल

सामाजिक सञ्जालमा अचेल युवा देखि बुढापाका समेत आकर्षित छन् । यसका फाइदा तथा बेफाइदा दुबै छन् । सकारात्मक रुपमा सदुपयोग गर्न सके यसबाट लाभ नै हुन्छ । वास्तवमा यस्ता सामाजिक सञ्जाल सकारात्मक परिवर्तनका लक्ष्य राखेर नै सुरुवात गरिएका हुन्छन् । उपयोग गर्नेहरुले कहिलेकाही दुरुपयोग पनि गर्छन् । काेहिले जानाजान त काेहिले अञ्जान बस । अहिले बिशेषत: सामाजिक सञ्जाल भन्ने बित्तिकै पहिलो नम्बरमा फेसबुक पर्छ । गाउँ देखि शहर सम्म प्राय मान्छेले आफ्नो फेसबुक एकाउन्ट खाेलिसकेका छन् ।  मैले पनि शहर पसे लगत्तै साइबर छिरेर एउटा फेसबुक एकाउन्ट खाेलेँ । हुन त त्यो बेलामा खासै फेसबुक चलाउने मान्छे थिएनन् । तथापि बेलाबखत काम लाग्छ भन्ने हेतुले खाेलियाे । हल्का फुल्का कहिलेकाहीँ साइबर छिरेर हप्तामा एकदुई चाेटि चलाउने पनि गरिन्थ्यो । तर अहिले जस्तो लत नै बसेकाे चाहिँ थिएन ।
जमाना बदलिँदो छ । हरेक पल समय बदलिरहेकाे हुन्छ । यहि अनवरत चल्ने समयले मान्छेलाई पनि परिवर्तन गर्छ । त्यसै अनुरुप एक्कासि सामाजिक सञ्जाल तिर युवा वर्गको ध्यानाकर्षण भयो । हरेक काम चाहे भन्दा सजिलोसँग गर्न सकिने । तत्काल कुराकानी गर्न सकिने भएकाले युवाहरु यतातिर आकर्षित भएका हाेलान् ।

हुनत मैले पनि एकाउन्ट खाेलेर खासै लाभ उठाउन सकेको त थिइनँ । फेरि त्यो बेलामा सामाजिक सञ्जालकाे बारेमा खासै धेरै जानकारी पनि थिएन । कहिलेकाहीँ साथीहरू भेट हुँदा यसाे पार्क तिर गइन्थ्याे एकदुई वटा फाेटा टुच्च हानेर फेसबुकमा हालिन्थ्याे । दुई चार लाइक र एकदुई कमेन्ट आउदा पनि छाति फुलाएर गर्व गरिन्थ्यो । सायद आफू हिराे भएको महशुस हुँदाे हाे त्यो बेला । माेबाइलमा खासै राम्रो नेट नचल्ने बल्लतल्ल खुल्ने चाहेजस्तो नहुने भएकोले साईबर तिर गएर एकदुई घण्टा बसिन्थ्याे अनलाइनमा ।

पछि एनसेलले इन्टरनेट प्याक दिन थालेपछि चाहिँ हल्का बानि नै पर्‍याे । दिनमा एकदुई घण्टा माेबाइलमा फेसबुक नखाेले खाएको पनि चित्त नबुझ्ने । कहिलेकाहीँ एनटिसिमा पनि नेट राम्रो नै चल्थ्याे । त्यो बेला चाइनिज पिन टच माेबाइकाे फेसन नै चलेको थियो । अहिले जस्तो स्मार्ट फाेन बाेक्ने जमात थिएन । त्यही चाईनिज फाेन बाेक्दा पनि छाति फुलाउने जमाना थियो । हुन त कुरा खासै अगाडिको पनि हैन तिनचार वर्ष पहिलेको हाे । अहिले त हरेकले स्मार्ट फाेन बाेक्छन् सेल्फि खिच्छन् फेसबुक टुइटर लगायतका सामाजिक सञ्जालमा पाेष्ट गर्छन् ।
अहिले सामाजिक सञ्जाल मानव जिवनकाे अभिन्न अङ्ग बनिसकेको छ । परदेश गएकाहरुलाइ झन् घर परिवारकाे बारेमा जानकारी लिने सबैभन्दा सजिलो माध्यम नै सामाजिक सञ्जाल हाे । अचेल यहि सञ्जालमा युवाहरूको माया प्रित पनि माैलाउँदाे छ । केही समय अघि एकजना अपरिचित महिलाको फ्रेन्ड रिक्वेष्ट आयो । मैले पनि चिनजान कै मान्छे हाेलान् भन्ने साेचेर एसेप्ट गरेँ । कुराकानी भयो । चिनजान पनि भयो तर परिचित मान्छे त हैन रहेछन् तथापि हामी परिचित भयाैँ । बिस्तारै गफका रफ्तार बढ्दै गयो । दुवैजना युवा भएकोले पनि माया प्रेमका कुरा हुनु स्वभाविक नै हाे । हामी बिच प्रेमका कुरा ज्यादा हुन थाल्यो । तर उनले दाजुभाइ नभएको भन्दै दाजु भन्छु भनेर पहिल्यै अनुमति लिइसकेको थिइन । त्यसैले हामी एकअर्कालाई दाजुबहिनि मानेर कुरा गर्ने गर्थ्याैँ । खै झापा तिर घर भएको केटासँग प्रेम छ भन्थिन। काठमाडौमा कमर्स पढ्दै थिइन उनी । सायद उनको प्रेममा बेलाबखत खटपट हुने रहेछ क्यारे दुखित महशुस गरेको स्टाटस धेरै पाेष्ट गर्थिन् । यसैबिच एक दिन त उनको प्रेममा बिछाेड भए छ । कुराकानीमा उनले भन्दै थिइन उसले यसाे भन्यो उसाे भन्यो भनेर । केही दिन पछि उनले एकाएक मलाई मनपराउने कुरा च्याटमा भनिन् । मसँग उनलाई दिने न त माया थियो न त सान्त्वना ।
म पनि प्रेम पिडित थिएँ । तथापि जिन्दगी देखि हार खाएको थिइन । अब उनको मायालाइ स्विकार्ने या नस्विकार्ने  मसँग दुईवटा अपसन बाँकी रह्याे । जेपर्ला भनेर स्विकार गरियो त्यसपछि त झन हाम्रो सम्बन्ध प्रगाढ बन्दै गयो । उनी सँग गफ गर्दा दिनरात बितेको पत्ताे नै हुँदैन थियो ।
हामी कल्पनाकाे सागरमा चुर्लुम्म डुबिसकेका थियौं । हामीले बिबाह देखि हनिमुन र बच्चा सम्मका सपना देखि सकेका थियौं । हरेक दिन उनिसँग नबाेलि त खानै नजाने सम्म भयो । याे समाजिक सञ्जालमा यति प्रगाढ माया बस्छ भन्ने मैले कहिल्यै साेचेकाे पनि थिइन । केही महिना रमाइलो कुराकानीमा नै बित्यो । जब हामीले नजिकैबाट एकअर्कालाई चिन्याैँ त्यसपछि हामी बिचमा झगडा सुरु भयो र प्रेमको अवसान भयो । यसरी केही दिन चलेको सञ्जालकाे प्रेम जञ्जाल नहुर्कँदै मरि हाल्यो ।
यसरी सामाजिक सञ्जाल माेह बढ्यो लगत्तै सञ्जालमा प्रेम पनि तर यथार्थ जीवन जस्तो सामाजिक सञ्जाल कहिल्यै नहुने । सायद हामी दुष्ट साेच राखेर यसको उपयाेग गर्दै छाैँ । स्वार्थ सिद्धिकाे माध्यम भन्दा पनि जीवन साकार पार्ने माध्यम कहिले बन्ला सामाजिक सञ्जाल ।

No comments:

Post a Comment