नआउनु यहि बाटो बार हुनसक्छ ।
दिल चाेरेकाे केशमा केरकार हुनसक्छ ।
बिर्सिएर आयाै भने पर्न सक्छौ जालमा
प्रेमको एम्बुस जाेडिएकाे तार हुनसक्छ ।
हिँड्याै भने फेरि भेष बदलेर शहरमा तिमी
नजरकाे बाण तिमी तिर प्रहार हुनसक्छ ।
अलिकति इज्जतकाे नि ख्याल राखे है सानू
तिम्रो कारण खान्दानमा मार हुनसक्छ ।
झुपडीमा चाेखाे माया मात्रै पाइन्छ सानू
महलमा त हिराकाे हार हुनसक्छ ।
No comments:
Post a Comment