Translate

Friday, 7 August 2015

गजल

खुसिकाे बदलामा पिर दिन्थि उ ।
म माया खाेज्थेँ शरीर दिन्थि उ ।

म खाेज्थेँ सधैं दिलमा खुल्ला ठाउँ
यात्रा गर्न अप्ठ्यारो भिर दिन्थि उ ।

उसलाई दिएथेँ खुसीको सागर मैले
तर मलाई उराठ तिर दिन्थि उ ।

सजाएर हृदयमा दिन्थेँ म राताे गुलाफ
झुक्याएर पछिबाट झिर दिन्थि उ ।

उसलाई मायाको अमृत पिलाएकाे थिएँ
तिर्खा लाग्दा बल्लतल्ल नीर दिन्थि उ ।

No comments:

Post a Comment