Translate

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Wednesday, 30 September 2015

गजल

गर्छ्याै मिठाे बात भेटेपछि ।
छिट्टै हुन्छ रात भेटेपछि ।

एकान्तमा चढ्दाे जवानी हुँदा
चढि हाल्छ मात भेटेपछि ।

बाेलाउँछ्याै फुल देखाउँदै
दिन्छ्याै अनि पात भेटेपछि ।

हराउँदै बैँशकाे उन्मातमा
समाउँछ्याै हात भेटेपछि ।

शंका लाग्छ यार मलाई त
दिन्छ्याै कि घात भेटेपछि ।

Sunday, 27 September 2015

गजल

झुटा कसम कति खायौ हाेला है ।
अन्त पनि माया लायाै हाेला है ।

हजार दिल चहार्दै हिँड्दा खेरि
तिरस्कार र घृणा पायौ हाेला है ।

यस्तो हाेस् भगवान उस्तो हाेस भन्दै
देवि पुज्न मन्दिर धायाै हाेला है ।

आँखा मारिमारि मन्द मुस्कान छर्दै
दुईचार दिन खुसि छायाै हाेला है ।

यस्तो हाे साँचो माया पिरिम भनेर
दुनियाँलाई भजन गायाै हाेला है ।

गजल

काेहि आउनु जानू याे त रित नै हाे ।
झुटा कसम खानु याे त रित नै हाे ।

दुइचार दिन खुसि दिए जस्तो गरि
जाँदा खाेसि लानु याे त रित नै हाे ।

दिन्छे उ आफैं मुटु भरि पीडा मलाई
भन्छे अझै सानू याे त रित नै हाे ।

जताततै मुसलधारे पानी दर्किदिँदा
चुहिनु खरकाे छानु याे त रित नै हाे ।

भन्छन् सबै धेरै पढ्नु बुद्धि लगाएर
बन्नुपर्छ भानु याे त रित नै हाे ।

गजल

खुल्ला थियो दिल बन्द थिएन ।
त्यहाँ प्रितकाे कुनै सुगन्ध थिएन ।

आउने गर्थिन सधैं आवेगमा उनी
उसको प्रेम गति मन्द थिएन ।

लेख्या रैछ प्रेम सायरि पत्रहरुमा
मिल्दो अनुप्रास अनि छन्द थिएन ।

देखिन्थ्यो केही नजरमा कसुर उसको
तर आवाजमा त्यो बुलन्द थिएन ।

आँखाले त प्रेम भाव सधैं झल्काउँथ्याे
तर मुखले प्रेम गर्छु भन्द थिएन ।

गजल

दिल भित्र पिरतिकाे ताल देउन मलाई ।
अरे यार त्यो घाँटीकाे रुमाल देउन मलाई ।

रुझ्न मन छ डुब्न मन छ पिरतिकाे सागरमा
मन्द मन्द प्रेम फाल्ने छाल देउन मलाई ।

कस्तो मज्जाले हिँड्छ्याै बेग्लै छ स्टाईल
तिम्रो जस्तै हिँड्न मिल्ने चाल देउन मलाई ।

कसरी पार्न मिल्छ माछि झैं प्रेम जालमा
मुटु तान्ने प्रेम रुपि जाल देउन मलाई ।

सधैंभरि तिम्रो काखमा लड्ने रहर मेरो
उमंग र खुसि मनमा बबाल देउन मलाई ।

गजल

अचेल नजर डुलाउछु म बारिहरुमा ।
सजिएको देख्छु उनलाई सारिहरुमा ।

भेट हुन्छ कि भन्ने आशले चहार्दै हिँड्छु
तर कहिल्यै भटिन मैले चाैतारिहरुमा ।

उबेलामा सँगैसँगै हिँड्ने डुल्ने गर्थ्याैँ हामी
अचेल उसले पाउ राख्दिन घारिहरुमा ।

कहिलेकाहीँ भेट हुँदा निराश हुँदै हेर्छे मलाई
सायद अतीत देख्छे मेरो दारिहरुमा ।

शालीन बन्दै घर धान्ने लक्ष्मी हुँ भन्दै
कहिले आउँछ परिवर्तन नारिहरुमा ।

Wednesday, 23 September 2015

गजल

तिम्रो शहरमा भेट्छु तिमिलाइ ।
पहिलो प्रहरमा भेट्छु तिमिलाइ ।

निरन्तर बगिरहनु माया बाेकेर
प्रितकाे नहरमा भेट्छु तिमिलाइ ।

सधैं बयान गर्छु म तिम्रो मुहारकाे
गजल बहरमा भेट्छु तिमिलाइ ।

बाध्यताले धेरै टाढा भए पनि
मनको रहरमा भेट्छु तिमिलाइ ।

पिउने गर्छु हल्का याद भुलाउन
त्यहि जहरमा भेट्छु तिमिलाइ ।

गजल

फेरि घुम्दै आउँछ रात दिन ढलेपछि ।
आफ्नाले नि दिन्छन् घात दिन ढलेपछि ।

सबै समान हुन्छन् यहाँ काेहि ठुलो हुन्न
रहन्न सानाेठूलाे जात दिन ढलेपछि ।

कसलाई थाहा हुन्छ र यहाँ भाग्यका कुरा
पर्न सक्छ बज्रपात दिन ढलेपछि ।

बेहाेसि भै डुब्दा खेरि माया पिरतिमा
अझै चढ्छ जवानी मात दिन ढलेपछि ।

कति धुम्म पर्छ्याै यार जवानिमा पनि
मिठा मिठा गर बात दिन ढलेपछि ।

Saturday, 19 September 2015

गजल

देखिन यार दाग जवानी भित्र ।
प्रेमको छ राग जवानी भित्र ।

हल्काहल्का आँखा झिम्कयाएर
राख्छे दिलकाे माग जवानी भित्र ।

साँच्चिकै जिन्दगी सुप्पिने हाेर
मलाई नि छ भाग जवानी भित्र ।

यसै गरि भक्ति देखायाै भने
बन्न सक्छ्याै नाग जवानी भित्र ।

तिमी र म सुटुक्क खानुपर्छ भनी
राखेको छु साग जवानी भित्र ।

Saturday, 5 September 2015

गजल

बाेकि प्रितकाे छाता तिमी गएपछि ।
के रह्यो र नाता तिमी गएपछि ।

बिछाेडकाे पिरले भक्कानिएर रुँदा
भए आँखा राता तिमी गएपछि ।

बाँकी छ अझै प्रेमको हिसाब किताब
उधारो छ खाता तिमी गएपछि ।

कुरा काट्छन् अचेल दुनियाँले मेरो
च्याति दिलकाे गाता तिमी गएपछि ।

तड्पिएर बाँचेको छु तिम्रो यादमा प्रिय
फर्काइ मेरो पाता तिमी गएपछि ।

गजल

भेट हुँदा केही भने जस्तो गर्छे ।
आत्मिय मित्र नि बने जस्तो गर्छे ।

साथीकाे अगाडि त माया देखाउदिन
बरु उल्टै खुइराे खने जस्तो गर्छे ।

मन्द स्पर्श गर्दै समाओस भनेर हाेला
आत्था भन्दै रुँदै कने जस्तो गर्छे ।

मात्तिएर बाेल्छे यार फाेनमा पनि सधैं
नाता अजम्बरि र'ने जस्तो गर्छे ।

भन्छे जस्तोसुकै दुख नि झेल्न सक्छु
कत्ति न दुख स'ने जस्तो गर्छे ।

गजल

जब भेट्ने मन भयो अँधेरिमा ।
बेहाेसि भइ चुम्बन भयो अँधेरिमा ।

खाेलि उसले पनि मन भित्रका कुरा
तिता मिठा गन्थन भयो अँधेरिमा ।

मज्जा त भेटमा सधैं हुने गर्छ
साँच्चिकै मज्जा झन भयो अँधेरिमा ।

जब चढ्यो जवानिकाे रंग जिन्दगीमा
अनि एउटै तन भयो अँधेरिमा ।

शंकाले त माया छुट्न सक्छ भन्दै
हरेक कुरा कन्चन भयो अँधेरिमा ।

Thursday, 3 September 2015

गजल

अन्तै लगन कस्नुकाे नि कारण त केही हाेला ।
पराइ मनमा बस्नुकाे नि कारण त केही हाेला ।

पाएकि छैनाै कि के हाे चाहे जति खुसि तिमिले
भेट्दा आँसु खस्नुकाे नि कारण त केही हाेला ।

मलाई भुलि सिन्दुर पहिरि दुलही बन्दै उसको
उसको घरमा पस्नुकाे नि कारण त केही हाेला ।

भन्छ्याै सधैं तिम्रो यादले मलाई तड्पाउँछ
पलपल मुटु डस्नुकाे नि कारण त केही हाेला ।

कि गएकि हाैउ तिमी सुख पाउने प्रलोभनमा
चट्ट सिन्दुर घस्नुकाे नि कारण त केही हाेला ।

Thursday, 27 August 2015

गजल

काेहि जल्ने काेहि जलाउने यस्तै छ संसार ।
आफ्नो मात्रै राज्य चलाउने यस्तै छ संसार ।

यहाँ अधिकार माग्छन् सडकमा टायर बालेर
साेझा हाेमिने बाठाेले छलाउने यस्तै छ संसार ।

यहाँ सपना बाँड्छन् सबै क्षमताभन्दा बढीको
सुन्तला भन्दै कागती फलाउने यस्तै छ संसार ।

जनतालाई देश बनाउने सुन्दर सपना देखाएर
आफ्नै देशको ढुकुटी ढलाउने यस्तै छ संसार

स्वयंम आफ्नो सुरक्षा दिनेलाई आफैंले मारेर
शक्ति हुनेले सरकार गलाउने यस्तै छ संसार । 

Sunday, 23 August 2015

गजल

बेमौसमी बर्षात नभइदिए हुन्थ्यो ।
सानाेठुलो जात नभईदिए हुन्थ्यो ।

म सधैं साेच्छु याे माया प्रेममा
कसैबाट घात नभईदिए हुन्थ्यो ।

त्यो सुन्दर गुलाफकाे वरिपरि
काँडा अनि पात नभईदिए हुन्थ्यो ।

कहिलेकाहीँ उनिसित मेरो भेट हुँदा
दिन ढलेर रात नभईदिए हुन्थ्यो ।

त्यो तिम्रो सुन्दर मुहार देख्दा लाग्छ
जवानिमा मात नभईदिए हुन्थ्यो ।

गजल

काेहि गुमेनि काेहि पाउने चाहना थियो ।
एउटि शीत माया लाउने चाहना थियो ।

प्रितकाे झुपडी अविश्वासले चुहियाे भने
हामी दुई मिलेर छाउने चाहना थियो ।

एकान्तमा हामी दुई अँगालोमा बेरिएर
सुमधुर मनको भजन गाउने चाहना थियो ।

पूरा भएनन् मेरो त्यी मनका रहरहरु सानू
तिमिलाइ पाउन मन्दिर धाउने चाहना थियो ।

तिमिले त सुटुक्क बिहे गरिसकिछ्याै सानू
मलाई तिम्रो बिहेमा आउने चाहना थियो ।

गजल

कसैको नजरमा गड्दै छु म ।
मायाको शिखर चढ्दै छु म ।

तिमी पछि बसि खुट्टा तान्नु
बिस्तारै अघि बढ्दै छु म ।

मनाउन तयार हुनु तिमी खुसियाली
सफलताको बाटोमा लड्दै छु म ।

के हाे जीवन के हाे प्रित बुझ्न भनेर
स्वयम् आफैंलाई पढ्दै छु म ।

दुनियाँले अब धारे हात लाउने छन्
समाजकाे नजरमा सड्दै छु म ।

Saturday, 22 August 2015

गजल

बनाउछु भन्नेले देश लुटेको देखियो ।
सर्वहाराका पार्टी पनि फुटेको देखियो ।

सत्ताको बार्गेनिङमा कुरा नमिल्दा खेरि
एउटा गुटले अर्को गुट कुटेको देखियो ।

क्रान्ति सफल पार्छु भन्दै अघि बढेकाहरु
विचार नमिल्दा बिचैमा छुटेको देखियो ।

यत्ति सम्म गिर्दा रहेछन् राजनीति गर्नेहरु
आन्दोलन भन्दै जनता चुटेकाे देखियो ।

समर्थन गर्ने क्रान्तिकारी नत्र प्रतिगामी अरे
क्रान्ति भन्दै युवालाई  भुटेको देखियो ।

Tuesday, 18 August 2015

गजल

बाेल्नै सकिन भेटमा प्रिय ।
गफ गराैँ बरु नेटमा प्रिय ।

पुटुस्स पेट उठेको देखेँ
भन के थियो पेटमा प्रिय ।

तिमिलाइ लिन म घरमै आउछु
कुरेर बस है गेटमा प्रिय ।

मज्जाले गफ तिमी शीत हान्न
माेबाइल लान्छु ट्वाइलेटमा प्रिय ।

माेबाइमा खासै नेटवर्क  छैन
कल गर फाेन सेटमा प्रिय ।

गजल

यसरी मायाको खानि भयाै भने ।
दिल माेथ्ने मदानि भयौ भने ।

कसरी आफुलाइ सम्हाल्नु मैले
तप्पतप्प चुहिने पानी भयौ भने ।

मनमा पीडा लुकाएर हाँस्छु बरु म
साँच्चिकै दिलकाे रानी भयौ भने ।

पागल भै म त मर्छु हाेला प्रिय
अन्तै बसाइँ जानि भयाै भने ।

खुसियाली जिन्दगीमा छर्ने छु म
जतासुकै सँगै लानि भयाै भने ।