अन्तै लगन कस्नुकाे नि कारण त केही हाेला ।
पराइ मनमा बस्नुकाे नि कारण त केही हाेला ।
पाएकि छैनाै कि के हाे चाहे जति खुसि तिमिले
भेट्दा आँसु खस्नुकाे नि कारण त केही हाेला ।
मलाई भुलि सिन्दुर पहिरि दुलही बन्दै उसको
उसको घरमा पस्नुकाे नि कारण त केही हाेला ।
भन्छ्याै सधैं तिम्रो यादले मलाई तड्पाउँछ
पलपल मुटु डस्नुकाे नि कारण त केही हाेला ।
कि गएकि हाैउ तिमी सुख पाउने प्रलोभनमा
चट्ट सिन्दुर घस्नुकाे नि कारण त केही हाेला ।
No comments:
Post a Comment