जब भेट्ने मन भयो अँधेरिमा ।
बेहाेसि भइ चुम्बन भयो अँधेरिमा ।
खाेलि उसले पनि मन भित्रका कुरा
तिता मिठा गन्थन भयो अँधेरिमा ।
मज्जा त भेटमा सधैं हुने गर्छ
साँच्चिकै मज्जा झन भयो अँधेरिमा ।
जब चढ्यो जवानिकाे रंग जिन्दगीमा
अनि एउटै तन भयो अँधेरिमा ।
शंकाले त माया छुट्न सक्छ भन्दै
हरेक कुरा कन्चन भयो अँधेरिमा ।
No comments:
Post a Comment