Translate

Saturday, 5 September 2015

गजल

बाेकि प्रितकाे छाता तिमी गएपछि ।
के रह्यो र नाता तिमी गएपछि ।

बिछाेडकाे पिरले भक्कानिएर रुँदा
भए आँखा राता तिमी गएपछि ।

बाँकी छ अझै प्रेमको हिसाब किताब
उधारो छ खाता तिमी गएपछि ।

कुरा काट्छन् अचेल दुनियाँले मेरो
च्याति दिलकाे गाता तिमी गएपछि ।

तड्पिएर बाँचेको छु तिम्रो यादमा प्रिय
फर्काइ मेरो पाता तिमी गएपछि ।

No comments:

Post a Comment