खुल्ला थियो दिल बन्द थिएन ।
त्यहाँ प्रितकाे कुनै सुगन्ध थिएन ।
आउने गर्थिन सधैं आवेगमा उनी
उसको प्रेम गति मन्द थिएन ।
लेख्या रैछ प्रेम सायरि पत्रहरुमा
मिल्दो अनुप्रास अनि छन्द थिएन ।
देखिन्थ्यो केही नजरमा कसुर उसको
तर आवाजमा त्यो बुलन्द थिएन ।
आँखाले त प्रेम भाव सधैं झल्काउँथ्याे
तर मुखले प्रेम गर्छु भन्द थिएन ।
No comments:
Post a Comment