झुटा कसम कति खायौ हाेला है ।
अन्त पनि माया लायाै हाेला है ।
हजार दिल चहार्दै हिँड्दा खेरि
तिरस्कार र घृणा पायौ हाेला है ।
यस्तो हाेस् भगवान उस्तो हाेस भन्दै
देवि पुज्न मन्दिर धायाै हाेला है ।
आँखा मारिमारि मन्द मुस्कान छर्दै
दुईचार दिन खुसि छायाै हाेला है ।
यस्तो हाे साँचो माया पिरिम भनेर
दुनियाँलाई भजन गायाै हाेला है ।
No comments:
Post a Comment