तिम्रो शहरमा भेट्छु तिमिलाइ ।
पहिलो प्रहरमा भेट्छु तिमिलाइ ।
निरन्तर बगिरहनु माया बाेकेर
प्रितकाे नहरमा भेट्छु तिमिलाइ ।
सधैं बयान गर्छु म तिम्रो मुहारकाे
गजल बहरमा भेट्छु तिमिलाइ ।
बाध्यताले धेरै टाढा भए पनि
मनको रहरमा भेट्छु तिमिलाइ ।
पिउने गर्छु हल्का याद भुलाउन
त्यहि जहरमा भेट्छु तिमिलाइ ।
No comments:
Post a Comment