फेरि घुम्दै आउँछ रात दिन ढलेपछि ।
आफ्नाले नि दिन्छन् घात दिन ढलेपछि ।
सबै समान हुन्छन् यहाँ काेहि ठुलो हुन्न
रहन्न सानाेठूलाे जात दिन ढलेपछि ।
कसलाई थाहा हुन्छ र यहाँ भाग्यका कुरा
पर्न सक्छ बज्रपात दिन ढलेपछि ।
बेहाेसि भै डुब्दा खेरि माया पिरतिमा
अझै चढ्छ जवानी मात दिन ढलेपछि ।
कति धुम्म पर्छ्याै यार जवानिमा पनि
मिठा मिठा गर बात दिन ढलेपछि ।
No comments:
Post a Comment