दिल भित्र पिरतिकाे ताल देउन मलाई ।
अरे यार त्यो घाँटीकाे रुमाल देउन मलाई ।
रुझ्न मन छ डुब्न मन छ पिरतिकाे सागरमा
मन्द मन्द प्रेम फाल्ने छाल देउन मलाई ।
कस्तो मज्जाले हिँड्छ्याै बेग्लै छ स्टाईल
तिम्रो जस्तै हिँड्न मिल्ने चाल देउन मलाई ।
कसरी पार्न मिल्छ माछि झैं प्रेम जालमा
मुटु तान्ने प्रेम रुपि जाल देउन मलाई ।
सधैंभरि तिम्रो काखमा लड्ने रहर मेरो
उमंग र खुसि मनमा बबाल देउन मलाई ।
No comments:
Post a Comment