Translate

Sunday, 27 September 2015

गजल

काेहि आउनु जानू याे त रित नै हाे ।
झुटा कसम खानु याे त रित नै हाे ।

दुइचार दिन खुसि दिए जस्तो गरि
जाँदा खाेसि लानु याे त रित नै हाे ।

दिन्छे उ आफैं मुटु भरि पीडा मलाई
भन्छे अझै सानू याे त रित नै हाे ।

जताततै मुसलधारे पानी दर्किदिँदा
चुहिनु खरकाे छानु याे त रित नै हाे ।

भन्छन् सबै धेरै पढ्नु बुद्धि लगाएर
बन्नुपर्छ भानु याे त रित नै हाे ।

No comments:

Post a Comment