Translate

Sunday, 27 September 2015

गजल

अचेल नजर डुलाउछु म बारिहरुमा ।
सजिएको देख्छु उनलाई सारिहरुमा ।

भेट हुन्छ कि भन्ने आशले चहार्दै हिँड्छु
तर कहिल्यै भटिन मैले चाैतारिहरुमा ।

उबेलामा सँगैसँगै हिँड्ने डुल्ने गर्थ्याैँ हामी
अचेल उसले पाउ राख्दिन घारिहरुमा ।

कहिलेकाहीँ भेट हुँदा निराश हुँदै हेर्छे मलाई
सायद अतीत देख्छे मेरो दारिहरुमा ।

शालीन बन्दै घर धान्ने लक्ष्मी हुँ भन्दै
कहिले आउँछ परिवर्तन नारिहरुमा ।

No comments:

Post a Comment