Translate

Saturday, 5 September 2015

गजल

भेट हुँदा केही भने जस्तो गर्छे ।
आत्मिय मित्र नि बने जस्तो गर्छे ।

साथीकाे अगाडि त माया देखाउदिन
बरु उल्टै खुइराे खने जस्तो गर्छे ।

मन्द स्पर्श गर्दै समाओस भनेर हाेला
आत्था भन्दै रुँदै कने जस्तो गर्छे ।

मात्तिएर बाेल्छे यार फाेनमा पनि सधैं
नाता अजम्बरि र'ने जस्तो गर्छे ।

भन्छे जस्तोसुकै दुख नि झेल्न सक्छु
कत्ति न दुख स'ने जस्तो गर्छे ।

No comments:

Post a Comment