Translate

Tuesday, 18 August 2015

गजल

यसरी मायाको खानि भयाै भने ।
दिल माेथ्ने मदानि भयौ भने ।

कसरी आफुलाइ सम्हाल्नु मैले
तप्पतप्प चुहिने पानी भयौ भने ।

मनमा पीडा लुकाएर हाँस्छु बरु म
साँच्चिकै दिलकाे रानी भयौ भने ।

पागल भै म त मर्छु हाेला प्रिय
अन्तै बसाइँ जानि भयाै भने ।

खुसियाली जिन्दगीमा छर्ने छु म
जतासुकै सँगै लानि भयाै भने ।

No comments:

Post a Comment