Translate

Thursday, 13 August 2015

छन्द परिचय

परिचय बिषय प्रवेशः
छन्दमा वर्णहरूलाई ह्रस्व (l) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ …(l) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ, जस्तै –
क. ह्रस्व वर्णहरु – अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरू
ख. दीर्घ वर्णहरू – आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदि
ग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ….जस्तै –
शब्द उच्चारण दीर्घ वर्ण
अम्बा (अम् +बा)…अ  दीर्ध
दिन्छ (दिन् +छ)….कि  दीर्घ
लुप्त (लुप् + त)….लु  दीर्घ


घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ …..जस्तै
शब्द उच्चारण ह्रस्व हुने
गन्यो (ग + न्यो)….ग  ह्रस्व
बल्यो (ब + ल्यो)….ब  ह्रस्व
उज्यालो (उ + ज्यालो)….उ  ह्रस्व

ङ. “अन्याय”(अन्+न्या+य) जस्ता शब्दको उच्चारणमा न थप भएका कारण (दीर्घ+दीध+अ) नै मानिन्छन्
घ. पाउका अन्त्यमा ह्रस्व दीर्घ जे भए पनि हुन्छ …..जस्तै – अनि, उही

छन्दमा आठवटा गणहरू हुन्छन…तिनै गणका आधारमा सम्पूर्ण छन्दको निर्माण हुने गर्दछ, छन्दका बारेमा पिंगलले रचना गरेको सजिलो सूत्र छ …त्यो हो – यमाताराजभानसलगा
अर्थात् –
सूत्र संकेत गण उदाहरण
१. यमाता lSS या जमाना
२. मातारा SSS म नेपाली
३. ताराज SSl त आकाश
४. राजभा SlS र भावना
५. जभान lSl ज हजार
६. भानस Sll भ आँगन
७. नसल lll न कमल
८. सलागा llS स छहरा
९. ल l (लघु) – म
१०. गा S (गुरु) – यो

अब यिनै सूत्र वा नियम भित्र तल मैले (हामीले ) निर्माण गरेका छन्दहरू पनि पर्छन ! दिइएका सूत्रहरू हेरी अब यहाँ आफैले पनि चाहेको छन्दमा आफ्ना कविता वा गजलहरू कोर्न सक्नु हुन्छ …. जस्तै –

जे जे भो भो सब भुलेर ऊ गरौं…
भाले बास्यो  अब उठेर ऊ गरौं…
छन्द – सन्दानित  (बाँधिएको)
SSS  Sll  lSl  SlS
म   भ  ज   र
(४ अक्षरमा विश्राम र ८ मा अर्द्धविश्राम)

पिलिएको घाउ बन्यो त्यो प्यार नै
दिलमा त्यो टन्टन भै टन्की रहें…
छन्द – परिस्रुत् (मदिरा)
llS  SSl  lSS  SlS
स   त   य    र
(४ – ४ मा विश्राम)

अँधेरीमा  राज  गर्ने  राजा  जो  जो  होस्
प्रभाती  यो  ‘राज’ हेप्ने  तारा  टाढा  हुन्…
छन्द – कामङ्गामिन्  (मनपरी )
SSS  SSl  SSS  SSS  S
म   त    म   म   गु.
(४ – ४ अक्षरमा विश्राम)

मभित्र नै ती कलम छन् बिधान छन्
म लाख धारा नयनमै अटाउँछु…
छन्द – रोदसी  (आकाश धर्ति जोडिएको)
lSl  SSl  llS  lSl  S
ज  त   स  ज  गु.
(५ अक्षरमा विश्रा…

मूलबाट हे ! छुट्नेहरू हो…
होसियार हौ फुट्नेहरू हो…
छन्द – आश्रयाश  (अग्नि)
SlS  lSS  SlS  S
र   य   र   गु.
(५ अक्षरमा विश्राम)

चिहानमै धुक्धुकीको ‘राज’ छामें
अझै थियो आँतमा ती याद गर्ने…
छन्द – सरोजिनी  (सूर्य कमल)
Sl SSl SSS lSS
ज   त   म   य
(४ – ४ अक्षरमा विश्राम)

कस्ले आँखा छोप्ने खुल्ला ‘राज’मा
आस्ते आस्ते हल्ला  कानाकान भो…
छन्द – रारा  (रारा ताल)
SSS  SSS  SSS  lS
म   म   म   ल. गु.
(६ अक्षरमा विश्राम)

जस्ले आफ्नै आमा पिटे
त्यस्ता आँटी चाहिन्न भो…
छन्द – देवाजीविन्  (पुजारी)
SSS  SSS  lS
म   म   ल.गु.
(४ – ४ अक्षरमा विश्राम)

डसाइका  कुरा गरौं कति ?
जवान त्यो भुजङ्ग जो थियो…
छन्द – अनामिका (साहिंली औंला)
lSl  SlS  lSl  S
ज   र   ज   गु.
(४ – ४ मा विश्राम)

के धुम्मेर बस्छौ  बादल हौ भने
आऊ  चर्किएको  खायल छु यहा…
छन्द – मायाकार  (जादूगर)
SSS  lSS  Sll  SlS
म    य    भ    र
(६ अक्षरमा विश्राम)

जैले यो ‘राज’को आमा संगीत भो
आए ती मावली मेरै आकारमा…
छन्द – प्रत्युत्क्रान्ति  (ठूलो क्रान्ति)
SSS  SlS  SSS  SlS
म    र    म    र
(६ अक्षरमा विश्राम)

घात गर्यो कस्ले ? मौन छन् जून तारा
‘राज’ रह्यो राजै रात खुल्नै सकेन…
छन्द – तोदन  (लठ्ठी)
Sll  SSS  SlS  SlS  S
भ   म   र   र   गु.
(६ अक्षरमा विश्राम)

त्यो  ‘राज’को रूप दिने  दैव सिपालु
त्यो रूपको  आँचलले  राज छुपायो…
छन्द – आमलकी  (अमला)
Sll  SSl  lSS  llS  S
भ  त   य   स  गु.
(४ – ४ अक्षरमा विश्राम)

उडे  होसका  पाना  सबै  ती
चल्यो ‘राज’मा हावाहुरी झैं…
छन्द – महावात  (आँधी)
lSS  lSS  SlS  S
य    य    र   गु.
(५ अक्षरमा विश्राम)

अछुत हुन्न मान्छे दलित कोही छैन
गर निसाफ आफैं  कलम पातो होला…
छन्द – जवनिका  (पर्दा)
lll  SlS  Sll  lSS  SS
न   र   भ   म  गु.गु.
(७ अक्षरमा विश्राम)

मर्यो ‘राज’ यौटा ! जित्नेले नबुझ्दा
नजीतेर  हार्ने  कोही  छैन  आफ्नो…
छन्द – परीभाव  (हेला)
lSS  lSS  SSS  lSS
य    य    म    य
(६ अक्षरमा विश्राम,३ र ९ मा अर्धविश्राम)

रात झैं कालो  उतार चस्मा
‘राज’को देख्छौ विहान यौटा…
छन्द – वैजयन्ती  (ध्वजा,निसान)
SlS  SSl  SlS  S
र   त   र   गु.
(५ अक्षरमा विश्राम)

तिम्रो ‘राज’मा कस्तो प्यास यो
झन्नै  सर्किएँ  आधा  रातमा…
छन्द – सङ्ख्यावत् (पण्डित)
SSS  lSS  SSl  S
म   य   त  गु.
(५ अक्षरमा विश्राम)

देव द्वारमा  रह्यो के अब !
आर्य घाटमा छ यो जिन्दगी…
छन्द – सोमवल्लरी  (ब्राह्मी झार)
SlS  lSl  SSl  S
र   ज   त   गु.
(५ अक्षरमा विश्राम)

‘राज’को राज्य यो थिल्थिलो बन्ने भो
लातले बोल्दै छन् तुण्डका पाखण्डी…
छन्द – पण्यवीथीका  (बजार लाग्ने ठाउँ)
SlS  SSS  SlS  SSS
र   न    र     न
(६ अक्षरमा विश्राम)

हाङ्बाओ  व्ये  सीराथाङ्बा  चे रे………..राज्यमा थ्यो रमाइलो लाशको
चाप्रोक्मा कूफा केलाङ्बाले इ:प्तु………..डोला कोही नटुवाले छेक्यो
छन्द -सोरोङ्बा  (दालचिनी)
SSS  SSS  SSS  SS
म    म    म    गु.गु.
(५ अक्षरमा विश्राम)

आमा हुन् किराँती बाबु हुन् बाहुन
कस्लाई  पछारौँ  जातको  होममा…
छन्द – मुक्तास्फोट  (मोती हुने सिपी)
SSS  lSS  SlS  SlS
म    य    र    र
(३ -३ अक्षरमा विश्राम)

लगानी जस्तो थ्यो कमाई त्यस्तै भो…
बिदाको  बेलामा  मलाई  त्यस्तै भो…
छन्द – सिनीवाली  (चन्द्रकला थोरै भएको औंसी)
lSS  SSS  lSS  SSS
य   म    य    म
(६ अक्षरमा विश्राम,४ र ९ अक्षरमा अर्धविश्राम)

भाग मेरो कहाँ छ खै ? न्याय कस्ले दिलाउला
प्रदेशको विवादमा ‘राज’ कस्को हुने भयो ?
छन्द – आत्मगुप्ता  (काउछो)
SlS  SlS  lSS  lSS  lSl  S
र    र    य    य    ज  गु.
(४ – ४ अक्षरमा विश्राम)

बिदाइको घडी कस्तो ! उड्यो चरी हुँदै टाढा
बिछोडका तिता गुड्का थुकीथुकी पिएँ मैले…
छन्द – तिलोत्तमा  (अप्सराको नाम)
lSl  SlS  SSl  SlS  lSS  S
ज  र    त    र     य   गु.
(४ -४ अक्षरमा विश्राम )

पृथिविको गर्भमा अमर ‘राज’ छन्
म त तिनै स्वार्थको गजलकार हुँ…
छन्द – शरणि  (बाटो)
lll  SSl  Sll  lSl  S
न   त   भ   ज  गु.
(४ र ७ अक्षरमा विश्राम)

पियार थ्यो जहाँ मेटिन्न ‘राज’ त्यो
म बुझ्छु यार ती उद्घोष नेत्रका…
छन्द – तरङ्गिणी  (नदी)
lSl  SlS  SSl  SlS
ज   र   त   र
(६ अक्षरमा विश्राम)

निशामा ‘राज’ थ्यो किरणले खुल्यो
सुनौलो खण्डको गजल लेख्नु भो…
छन्द – अनन्ता  (सिस्नु)
lSS  SlS  lll  SlS
य   र   न  र
(६ अक्षरमा विश्राम)

जो भीष्मसरि हुन्छन् काँडमै हुन्छ मृत्यु
कात्रो नरम ल्याई खाप्नु पदैन तिम्ले…
छन्द – वीजाकृत  (वीउ छरेको खेत)
SSl  llS  SSl  SSl  S S
त   स   त   त   गु.गु.
७ अक्षरमा विश्राम)

म मर्छु युद्धमा, अघि लाख छन्
नशोच शेषको  प्रहरी हुँ म…
छन्द – तुसारमल्लिका  (चिसो बेली)
lSl  SlS  llS  l S
ज   र   स  ल.गु.
(६ अक्षरमा विश्राम)…

जति नि जे भए, होइन आजको
विगत ‘राज’का  कर्महरू थिए…
छन्द – कमलकेशरी  (कमलमा कसर भएकी)
lll  SlS  Sll  SlS
न   र   भ   र
(६ अक्षरमा विश्राम)

हेर्दाहेर्दै खडेरीको हुरी आयो त के गरौं…
छेक्दाछेक्दै डढेलोले वनै खायो त के गरौं…
छन्द – नालापानी  (भारतको देहरादूनमा रहेको ऐतिहासिक स्थल)
SSS  SlS  SSl  SSS  lSl  S
म     र    त    म     ज   गु.
(४ – ४ अक्षरमा विश्राम)


म कस्तो प्रजाती ? रोपेर हेरे हुन्थ्यो…
कि फुल्थें कि फल्थें गोडेर हेरे हुन्थ्यो..
छन्द – मनोक्रान्ति  (मनको क्रान्ति)
lSS  lSS  SSl  SSS  S
य   य     त     म    गु.
(६ अक्षरमा विश्राम

जाऔं न प्यारी कुनु पर्छ त्याँ…
ऐंसेलु पाक्या हुनु पर्छ  त्याँ…
छन्द – ऐंसेलु
SSl  SSl  lSl  S
त  त   ज   गु.
(५ अक्षरमा विश्राम )

तड्पेर बस्नू पर्दा मर्दै छु जिम्दै यहाँ
डोली नल्याए तिम्ले चीता सजाए पुग्छ…
छन्द – आस्फोटनी  (मोती छेड्ने सुइरो)
SSl  SSS  SSS  lSS  S S
त    म     म     य    गु.गु.
(७ अक्षरमा विश्राम)

मधु बगानको बयान के  गरौँ…
मिलन स्थानको बयान के गरौँ…
छन्द – तुबरिका  (रहर दाल)
lll  SlS  lSl  SlS
न  र  ज   र
(६ अक्षरमा विश्राम)

कोही थिए जो नव ‘राज’ खुल्दा बेहोश भै गएछन्
कोही थिए जो सब राम बन्दै आयो हराम भन्थे…
छन्द – विहङ्गिका  (भारी झुन्ड्याउने भार)
SSl  SSl  lSl  SSS  SlS lSS
त    त   ज   म     र    य
(५ र ११ अक्षरमा विश्राम)

कुकुर थ्यो, किन आयौ ? भुक्छ भन्ने जानेपछि…
घरमुली   रजनीमा  फुक्छ   भन्ने   जानेपछि…
छन्द – अरुणिमा  (विहानी लाली)
lll  Sll  SSS  lSS  SSl  S
न  भ   म     य   त    गु.
(४-४ अक्षरमा विश्राम)

आफूले ता  माया पिर्ती  लाउनै पो  जानिएन…
पाएको भा  लाम्थें होला  पाउनै पो जानिएन…
छन्द – पिण्डीका  (रथको पाङ्ग्राको माझको भाग)
SSS  SSS  SSS  lSS  SlS  S
म     म     म     य     र    गु.
(४ – ४ अक्षरमा विश्राम )

हाम्ले रात फाल्दा जो जो उदाए
तिन्ले आज भेटे भोली भएँ म …
छन्द – हेमपुष्पिका  (पहेंलो जुही)
SSS lSS SSl SS
म   य   त   गु.गु.
(६ अक्षरमा विश्राम, ३ अक्षरमा अर्धविश्राम )

यसोरी नभन्नू दुख्छ याँ…
कटारी धसे झैं हुन्छ याँ..
छन्द – हिमानी  (हिउँको थुप्रो)
lSS  lSS SlS
य    य    र
(६ अक्षरमा विश्राम, ३अक्षरमा अर्धविश्राम)

ध्यौता भाकी शीर राखें, गै’छ  पवनसँगै त्यो
उड्ने चैते पात हुन् यी बाल मतलव छैन…
छन्द- जातापत्या  (सुत्केरी)
SSS  SSl  SSS  lll  llS  S
म   त    म    न   स   गु.
(४ र ८ मा विश्राम )

दिल छ एक दिम्ला बस्नुस् न बस्नुस्…
प्रित म नेक दिम्ला बस्नुस् न बस्नुस्…
छन्द – मखमली  (मखमली फूल)
lll  SlS  SSS  lSS
न   र    म    य
(७ अक्षरमा विश्राम,४ र ८ मा अर्धविश्राम)

किन भएँ नि राम्री ?
नियतिकी म थोती…
छन्द – सुचरित्रा  (पतिव्रता)
lll  SlS  S
न  र  गु.
(४ अक्षरमा अर्ध विश्राम )

कहाँ ‘राज’ खुल्थ्यो तखालूसको
लगाइन् गजलले सलवार त्यो…
छन्द – रचना  (सिर्जना)
lSS  lSS  llS  lS
य   य    स  ल.गु.
(६ अक्षरमा विश्राम,३ मा अर्धविश्राम )

राम्री बनेर हिड्छौ बसौली पसलमा !
काँचो कबाब बिक्ने जमाना छ ऐले …
छन्द – वातूल  (आधीबेरी)
SSl SlS SlS SlS S
त र र र गु
( ७ अक्षरमा विश्राम )

बगैंचामा  वसन्त  थ्यो, कुरा  काटे  मयूरले
लजायो  लाज  ‘राज’को   हटाए हात सुस्तरी…
छन्द – कुस्तुम्बरी  (धनियाँ)
lSS  SlS  lSl  SSS  lSl  S
य    र    ज    म    ज   गु
( ८ अक्षरमा विश्राम, ४ र १२ मा अर्ध विश्राम )

राम्रो के हो र हुन्छ कस्तो ? कुन रङको छ त्यो म कसरी व्याख्यान त्यस्को गरूँ
लोलाईमै  त्रिलोक  जम्मै   सयर गराउने  नजर थ्यो,  त्यस्मा  थियो  के नशा…
छन्द – मेघनादानुलासिन्  (मयूर)
SSS  SlS  lSS  lll  lSl  Sll  lSS  SlS  SlS
(८ र २० अक्षरमा विश्राम)

पारी छ तिन्को माया वारी परेको छ छायाँ
बीचमा असारे खोला, गढ़तीरमै अल्झिएँ म…
छन्द – हिमावती  (थाकल)
SSl  SSS  SSS  lSS  lSS
त    म     म     य    य
(७ अक्षरमा विश्राम)

म त राजको नि ‘राज’ हुँ
म हजूर भा नि भन्दिन…
छन्द – अभया  (हर्रो)
llS  lSl  SiS
स  ज   र
( ५ मा विश्राम )

जस्ले लास बोक्छु भन्थ्यो, उस्कै लास याँ छ
आफ्नै लास  बोक्छ मान्छे, जप्दै  राम राम…
छन्द – आमिक्षा  (फाटेको दूध)
SSS  lSl  SSS  SSl  S S
म    ज    म     त   गु गु
( ८ अक्षरमा विश्राम )

यौटा ‘राज’ छोड्ने त्यो सर्पै थिएँ कि
मेरै  काँचुलीमा   मेरै दाह  भेटें…
छन्द – चन्द्रभागा  (नदी विशेष)
SSS  lSS  SSS lSS
म    य     म    य
(६ अक्षरमा विश्राम )

आफ्नो देश भन्दै पुग्थ्यो किन कोही ?
झ्याम्मै ‘राज’ धा’थ्यो रुप्से छहरामा…
छन्द – मत्तकासिनी  (अंग राम्रा हुने स्त्री)
SSS  lSS  SSl  lSS
म     य    त    स
( ६ अक्षरमा विश्राम )

नयनले शीत देख्यो  चमक अर्थियो…
पयरले टिप्न खोज्यो झमक अर्थियो…
छन्द – झमक  (साहित्यकार झमककुमारी)
lll  SSl  SSl  llS  lS
(८ अक्षरमा विश्राम, ४ अक्षरमा अर्ध विश्राम )

शिलाको जवानी काँचै हरायो…
जवानी थुनेको साँचै हरायो…
छन्द – विपन्ची  (वीणा)
lSS lSS SSl SS
य य त गु.गु.
(६ मा विश्राम, ३ र ८ मा अर्ध विश्राम )

नउठाइ लौरी  कुनै बाघ  टेर्ला ?
सजिलै नभाग्ने भयो राजनीति…
छन्द – भुजंगानन  (सर्पको आँखा)
llS  lSS  lSS  lSS
स   य    य    य
(६ अक्षरमा विश्राम,३ र ९ मा अर्ध विश्राम )

नियतीको मारमा छु…
म दुखेको प्यारमा छु..
छन्द -तिलपर्णी  (रक्त चन्दन)
llS SSl SS
(४ अक्षरमा विश्राम )

खोजेको थें सानो आभास मेरै आकृतीमा…
भेटें मैले मेरो आकाश मेरै आकृतीमा…
छन्द – काल्चीमिस्री  (मिस्री)
SSS SSS SSS SSl SS
म म म त गु.गु.
(४-४ अक्षरमा विश्राम)

वसन्त मास थ्यो…
हुरी बतास थ्यो…
छन्द – सभर्तृका (सधवा नारी)
lSl SlS
(२ अक्षरमा विश्राम )

उनी थिन् त्याँ …
बित्यो छिन् त्याँ…
छन्द – अवाक्पुष्पी (सुप)
lSS S
(२ अक्षरमा विश्राम )

दिलमा झिलिक्क त्यो उनको पुकार थ्यो…
बिजुली थिएन त्याँ ! हँसिलो मुहार थ्यो…
छन्द – अभिसारिका (इसारा गरेको ठाउँमा आउने नायिका)
llS lSl Sll SlS lS
(७ अक्षरमा विश्राम)

हुन्छ भने पास हौ छुन्छु बरीलै…
हुन्न भने दूर हौ रुन्छु बरीलै…
छन्द – मुचुङ्गा  (बाजाविशेष)
Sll SSl SSl lSS
भ त त य
(७ अक्षरमा विश्राम)

सलाई आफैं बनाएँ मैले…
मलाई आफैं जलाएँ मैले…
छन्द – जवाकस्तूरी  (कस्तुरी जस्तै सुगन्धित)
lSS SSl SSS S
(५ अक्षरमा विश्राम )

नयनमा नजर थ्यो अरु के भनौं…
अधरमा असर थ्यो अरु के भनौं…
छन्द – मधुरसा  (दाख)
lll Sll lSl lSl S
न भ ज ज गु
(४-४ अक्षरमा विश्राम)

आमा पकाए बोक्सी बनाई…
बाँटेर खाए बोक्सी बनाई…
छन्द – सीमन्तिनी (स्वास्नी मानिस)
SSl SSS SlS S
त म र गु
(५ अक्षरमा विश्राम)

राजको जवानी राजमा नि राख्ने
राजले छकाई लाटलूट पारे…
छन्द – जानकी (जनकपुत्री)
SlS lSS SlS lSS
( ३ र ९ मा अर्ध विश्राम र ६ मा विश्राम )

नयन छिन पखालें दिल टाँसेर फोटो…
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो…
छन्द – शमाश्री  (दीप कान्ति)
lll lll SSl lSS lSS
( ८ अक्षरमा विश्राम )

बाजी यस्तो कमाल थ्यो, यार्सागुम्बा थियो जहाँ…
जित्ने कस्ले सवाल थ्यो, यार्सागुम्बा थियो जहाँ…
छन्द – यार्सागुम्बा
SSS SlS lSS SSS lSl S
(८ अक्षरमा विश्राम )

उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै…
बिहोशीमै माया गर्छु भनेको थें झन्डैझन्डै…
छन्द – विन्देश्वरी  (नाम विशेष)
lSS SSS SSl SSS SSS S
( आठ अक्षरमा विश्राम)

अभिशाप जस्तो सपना छ यौटै…
बरबाद भा’को घटना छ यौटै…
छन्द – राज  (रहस्य,शासन,राज्य,)
llS lSS llS lSS
(६ अक्षरमा विश्राम)

अब यी छन्दहरू मध्ये कुनै एक चुनी लेख्न सुरु गर्नुस् त ……पहिला यौटा लेखेर हेर्नुस् अनि म अगाडि अरु कुराहरू पनि क्रमश गर्दै गर्दै जाने छु ……( यो यहाँलाई गृहकार्य )
सभार : पल्लव साहित्यिक पत्रिका
लेखक पाेष्टराज चापागाईं

No comments:

Post a Comment