Translate

Saturday, 15 August 2015

मनन याेग्य वाक्यांश

केही मनन् योग्य वाक्यहरु
० उत्साहमा रहनु र उत्सवयुक्त जीवनयापन गर्नु भनेको निरन्तर
रुपमा ध्यानमा रहनु हो। त्यसपछि तिमी आफ्नो वरिपरि रहने हरेक कुरामा रमाउन सक्नेछौ।
जब तिमी स्वस्थ हुनेछौ, तिमी आफ्नो सकृयतामा खुशी हुनेछौ भने विरामी भएको बेलामा
आराम गर्ने समय पाएकोमा मख्खे पर्नेछौ।
० विगतलाई वर्तमानको आधारमा मूल्यांकन
गर्नु हुदैन। त्यो राम्रो कुरा होइन।
० केहीको बारेमा पनि आफूमा हीन भावनाको
विकास हुन नदेऊ।
० जिन्दगी भनेको निरन्तर खुशीयाली हुनु पर्दछ, बर्षैभरीको
दिपावली। त्यसो भएको खन्डमा मात्र तिमी हुर्किन सक्छौ, फूल्न सक्छौ। सानो भन्दा
सानो कुरालाई पनि उत्सवको रुपमा खुशियालीको कारण बनाउन सिक।
० जब तिमी थकित
महसुस गर्दछौ। शक्तिको स्रोत तिमी भित्रै छ। आंखा बन्द गर अनि आफू भित्र डुबुल्की
मार।
० खुशी हुन एउटा मापदन्ड हो। तिमी आफू जे गरे पनि खुशी होऊ। त्यति मात्र
हो। यो कुराले तिमीलाई कहिले पनि प्रभाव नपारोस् कि त्यो काम उत्कृष्ट छ वा छैन।० धेरै गम्भीर नबन। तिम्रो गफगाफमा रमाऊ। जिन्दगीका हरेक साना साना कुराहरु,
साना साना खुशीहरुमा रमाउन सिक। तिनीहरु सबै मिलेर नै तिम्रो जिवनलाई सार्थक बनाउन
मद्दत गर्दछन्।
० हामीलाई जे थाहा छ र हामी जे थाहा पाउन सक्छौं त्यो अरु
कुरासंग सम्बन्धित हुने गर्दछ। यसलाई सम्झन सक्यौ भने यसले तिम्रो भलो गर्नेछ।
यसलाई बुझ्न सक्यौ भने यसले तिमीलाई भलाद्मी बनाउन सक्दछ। यसलाई सम्झेको खन्डमा
तिमी वास्तविक मान्छे बन्न सक्छौ। यसलाई सम्झन सक्यौ भने तिमीले अरुको भनाइलाई पनि
मनन गर्न सक्दछौ। सत्य निकै विशाल हुन्छ: सामान्य तर विशाल, आकास भन्दा पनि विशाल।
सम्पूर्ण ब्रम्हान्ड यसमा अटेको हुन्छ अनि ब्रम्हान्ड स्वयं पनि असिमित छ।
०जब पनि मैले माया भन्ने शव्दको प्रयोग गर्छु, म यसलाई जिवनको एउटा अंगको रुपमा
प्रयोग गर्छु, सम्बन्धको रुपमा होइन। सम्बन्ध त यसको सानो हिस्सा मात्र हो।

कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार
हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर
बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो
गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा
अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन। तिमी निर्वाणमा
सजिलै जान चाहन्छौ। तिमी स्वतन्त्रता देखि डराउंछौ, तिम्रो हुर्किन डराउंछौ, तिमी
जिन्दगीलाई यसको वास्तविक रुपमा चिन्न डराउंछौ।
० सधै सम्झ: सधैंभरी: म प्रमाण
हुं। कुनै पनि वस्तु मार्फत आफू परिचित नबन। अन्यथा तिमी गलतमा फस्नेछौ। यदि तिमी
कुनै वस्तुको आधारमा परिचित भयौ भने त्यो वस्तु जति सुन्दर भए पनि र जति आध्यात्मिक
लागे पनि तिमी गलत हुनेछौ।
० समय बर्बाद नगर किनकि कसलाई थाहा छ र? भोली समय
नै नरहोस्? यो नै केवल तिमीलाई उपलब्ध समय हुन सक्दछ। यो नै अन्तिम क्षण हो भनेर
व्यवहार गर। यदि तिमीले यो क्षण अन्तिम हो भन्ने मनन् गरेर काम गर्न सक्यौ भने तिमी
भित्रको शक्ति बाहिर निस्कने छ। तिमी एकिकृत हुनेछौ। तिमी आत्मा हुनेछौ, केवल शरीर
मात्र रहने छैनौ।
० शान्ति लक्ष होइन। लक्ष्य त चरम आनन्द हो। जब सम्म तिमी
नृत्य गर्न सक्दैनौ, जब सम्म तिमी नृत्यमा आफूलाई समाहित गर्न सक्दैनौ, जब सम्म
तिम्रो नृत्य चरम आनन्दको स्रोत बन्न सक्दैन, जब सम्म तिमी फक्रन सक्दैनौ, आफूलाई
यात्राको विचमा रोक्ने प्रयास नगर।
० जब तिमी कसैले गलत गरिरहेको देख्छौ, ऊ
माथि जाइलाग्नु भन्दा आफूलाई नै नियालेर हेर। तिमी के गरिरहेका छौ? यदि तिमी हेर्न
सक्छौ र हरेकको गल्ती तिम्रो आफ्नो गल्तीको स्मरण बन्न सक्यो भने तिम्रो जिवन
वास्तवमै परिवर्तित हुनेछ। त्यसपछि हरेक व्यक्ति तिम्रो शिक्षक हुनेछ। अनि तिम्रो
सम्पूर्ण जिन्दगी तिम्रो गुरु हुनेछ।
० जब पनि तिम्रो सामू कुनै विकल्प हुनेछ।
आफूलाई थाहा नभएको कुरा छनौट गर, जोखिमपूर्ण, खतरनाक, असुरक्ष्ाित।
० अर्को
व्यक्तिको श्रीमती तिम्रो आफ्नी श्रीमती भन्दा निकै राम्री देखिन्छे, निकै हरियो:
ठिक त्यसैगरी जसरी तिमी छिमेकीको आंगनको घांसलाई हरियो देख्छौ, यति हरियो कि
तिमीलाई चपाउन मन लाग्छ। छिमेकीको श्रीमतीलाई पनि तिमी चपाउन चाहन्छौ।

अन्तिम लक्ष भनेको स्वतन्त्रता हो: हरेक वैशाखीबाट स्वतन्त्रता, हरेक अनुशासनबाट
स्वतन्त्रता, हरेक सिकाइ, प्रकृयाबाट स्वतन्त्रता। हरेकबाट स्वतन्त्र, त्यही हो
लक्ष।
० तिम्रो लागि जे प्राकृतिक हुन्छ त्यो तिम्रो लक्ष हो। अरुले जे
गरिरहेका छन्, त्यो उनीहरुको लागि सही छ। तिमी आफूलाई उनीहरुको आधारमा ढाल्न जरुरी
छैन, अनि फेरि उनीहरुलाई पनि आफ्नो स्वरुपमा ढाल्ने प्रयास गर्नु आवश्यक छैन।० सत्वादिताले मात्र केही गर्नेवाला छैन। तिमी एकदम सत्यवादी, एकदम चोखो,
मेहनती हुन सक्छौ तर यदि तिमी गलत बाटोमा छौ भने तिम्रा हरेक सत्यवादी, चोखो र
मेहनती कदमले तिमीलाई तिम्रो लक्ष तिर होइन त्यसको विल्कुल विपरित कोणमा लगेर
मिल्काइदिनेछ।
० ताजा, वर्तमानलाई सम्पूर्ण रुपमा जिउनु आवश्यक छ अनि यसरी
जिउनको निम्ति बाधा दिने हरेक कुरालाई त्याग्न आवश्यक छ। तिमी संसारमा जे पनि
देख्छौ वरिपरि, त्यो तिम्रो आफ्नै सोच हो। जब तिमी आफ्नो मस्तिष्क र सोचबाट पर हुन
सफल हुन्छौ तब मात्र तिमीले संसारलाई त्यही रुपमा देख्ने छौ, जुन रुपमा यो छ। यो
कल्पना गर्नै नसकिने हिसाबले राम्रो अनि सुन्दर छ। जब तिमी आफ्नो मस्तिष्क र सोच
भन्दा पर पुग्छौ ठिक त्यही क्षण नै तिमीले वास्तविकता छर्नेछौ। मस्तिष्क र सोचको
अधिनमा बसेर तिमीले वास्तविकतालाई कल्पना गर्नेछौ, त्यसलाई छर्ने छैनौ।
० जब
तिम्रो मुटु सांच्चिकै भावनाले भरिएर ढुकढुक गर्न थाल्छ, तिमी चरालाई सोध्न सक्छौ
अनि त्यो चरा तिमीलाई वास्तविकता सिकाउन तयार हुनेछ। तिमी अस्तित्वलाई सोध्न सक्छौ
अनि अस्तित्वले तिमीलाई आफ्नो मुटु खोलेर देखाउनेछ। मुटु असिम आनन्द हो, अन्तिम
ज्ञान।
० तनावले तिम्रो स्मरणशक्तिलाई सम्पूर्ण रुपमा काम गर्नबाट रोक लगाउंछ।
अनि सबैभन्दा ठूलो तनाव: तिम्रो अहम्भावले तिमीलाई सम्झनबाट रोक लगाउंछ, सबैभन्दा
महत्वपूर्ण कुरा।
० सम्पूर्ण भनेको जरै देखि हो। जब मैले सम्पूर्ण परिवर्तनको
कुरा गर्छु म जरै देखिको परिवर्तनको कुरा गर्छु। पात फेरेर केही हुन्न, डांठलाई
सिंगारेर केही हुन्न। जरा परिवर्तन गर्नुपर्छ, माटो फेर्नुपर्छ।
० जब तिमी
खुशी हुन्छौ, जब तिमी आफ्ना दूःखलाई त्याग्न सफल हुन्छौ, तब तिम्रो जिवनशैलीमा
सम्पूर्ण रुपले परिवर्तन हुन्छ।

No comments:

Post a Comment