कसैको नजरमा गड्दै छु म ।
मायाको शिखर चढ्दै छु म ।
तिमी पछि बसि खुट्टा तान्नु
बिस्तारै अघि बढ्दै छु म ।
मनाउन तयार हुनु तिमी खुसियाली
सफलताको बाटोमा लड्दै छु म ।
के हाे जीवन के हाे प्रित बुझ्न भनेर
स्वयम् आफैंलाई पढ्दै छु म ।
दुनियाँले अब धारे हात लाउने छन्
समाजकाे नजरमा सड्दै छु म ।
No comments:
Post a Comment