Translate

Sunday, 16 August 2015

गजल

नलाग्दै मुटुमा नयाँ काेपिला ।
चुँडेर गयौ मायाको चिचिला ।

साेचेथेँ तिमी दयालु छ्याै हाेला
रहेछ मनमा गतिलो शिला ।

उक्काउन पनि सकिन प्रिया
मुटुमा तिमिले ठाेकेकाे किला ।

साेचेथेँ माया स्विकार्छन् अरुले
तर रहेनछन् काेहिपनि गतिला ।

खै कसरी उतार्नु शब्दमा मैले
चाेखाे मायाको बिछाेडकाे लिला ।

No comments:

Post a Comment