तिम्रो हातको चुरा बेइमानी हाे ।
मुटु धस्ने छुरा बेइमानी हाे ।
हाम्रो माया असफल पार्न लाग्ने
उही मेरो ससुरा बेइमानी हाे ।
बेकार हाम्रो मायामा तगारो हाल्ने
दुष्ट समाज पूरा बेइमानी हाे ।
सानातिना कुरामा चित्त दुखाएर
अरुसँग गुहार्ने कुरा बेइमानी हाे ।
एकान्तमा हामि भेटेको देख्ने
गाउँ घरका भुरा बेइमानी हाे ।
No comments:
Post a Comment