Translate

Sunday, 23 August 2015

गजल

बेमौसमी बर्षात नभइदिए हुन्थ्यो ।
सानाेठुलो जात नभईदिए हुन्थ्यो ।

म सधैं साेच्छु याे माया प्रेममा
कसैबाट घात नभईदिए हुन्थ्यो ।

त्यो सुन्दर गुलाफकाे वरिपरि
काँडा अनि पात नभईदिए हुन्थ्यो ।

कहिलेकाहीँ उनिसित मेरो भेट हुँदा
दिन ढलेर रात नभईदिए हुन्थ्यो ।

त्यो तिम्रो सुन्दर मुहार देख्दा लाग्छ
जवानिमा मात नभईदिए हुन्थ्यो ।

No comments:

Post a Comment