नदिए नि भागेर जानि भन्छे ।
तिमी ठेकि म मदानि भन्छे ।
सबै चिज तिम्रो सुन्दर लाग्छ
झनै मनपर्छ बानि भन्छे ।
खै किनकिन मस्केर बाेल्छे
कस्ताे छ अहिले सानि भन्छे ।
कहिलेकाहीँ त झनक्क रिसाउछे
एकछिनमै देउ न पानी भन्छे ।
रुप हैन तिम्रो मन हरेकाे हुँ
छाै तिमी मायाको खानि भन्छे ।
No comments:
Post a Comment