Translate

Sunday, 1 March 2015

गजल

घरिघरि तिम्रो तस्बिर हेर्ने बानि छ ।
हत्केलामा तिम्रो नाउ केर्ने बानी छ ।

पागल सरि हुन्छु म तिम्लाई सम्झि बस्दा
निराश हुँदै लामो सास फेर्ने बानि छ ।

त्यहि एउटा तस्बिर छ केवल तिम्रो चिनाे
तिम्रो तस्बिर अँगालोमा बेर्ने बानि छ ।

ढले पछि सारा सपना बालुवाकाे महल सरि
नवीन सपना काेपिलामै सेर्ने बानी छ ।
दिप शर्मा
२०७१-११-१७

No comments:

Post a Comment